Comments Add Comment

जर्मनीको ह्याबर्गमा मनाइयो तीज (फोटोफिचर)

Teej Germanyसरोज श्रेष्ठ

ह्यामबर्ग । जर्मनीको ह्याबर्गमा रहेका नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन्र । मुट थिएटर ह्याबर्गमा  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीको आयोजनामा नेपाली चेलीहरूले तीज मनाएका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीका बरिष्ठ उपाध्यक्ष सरोज श्रेष्ठले हरेक बर्षजस्तै यो बर्ष पनि यो कार्यक्रमको निरन्तरता दिनुले प्रवासमा पनि नेपाली कला साँस्कृति र परम्परालाई  प्रबर्द्दनको साथमा सम्वर्धन  गर्दै आएको बताउँछन् ।

 यस वर्षको हरितालिका तीजको कार्यक्रममा सहभागी हुन जर्मनीमा रहेका नेपाली दिदी बहिनीहरुलाई निमन्त्रणा गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीकी सदस्य सुनिता थापाले बताइन् ।

teej germany..नेपाली दिदीबहिनी चेलीवेटीहरुको हरितालिका तीज कार्यक्रममा धेरै राम्रो सहभागीता भएको र नेपाली दिदी बहिनीहरुलाई तीजमा दर खुवाउन पाएकोमा धेरै खुसी रहेको नेपाली समाज सेवी  राजेन्द्र पाण्डेले बताए ।

दिदी बहिनीहरुको खानाको व्यवस्थापनमा व्यस्त रहेका  भोजराज न्यौपानेले तीजको कार्यक्रम धेरै राम्रो भएको र धेरै दिदीबहिनीहरुको सहभागिता रहेकोमा धेरै  खुशी लागेको बताए ।  तीज हरितालिको कार्यक्रमको सम्पूर्ण फोटोग्राफी गर्न पाएकोमा जन तमाङ्गले   नेपाली संस्कृतिलाई  प्रवासमा पनि जोगाई राखेकोमा नेपाली दिदीबहिनीहरु विदेशमा रहेर पनि नेपाली तीजको गीत र नाचले नेपाली कला सांस्कृति सुरक्षित रहेकोमा धेरै खुशी भएको बताए ।

यस सालको हरितालिका तीजको दर खान र रातो सारीमा छम छामी कम्मर मर्काई नाच्न सम्पूर्ण नेपाली दिदी बहिनीहरुका दुख सुखका अनुभवहरु अदान प्रदान गर्नको लागि आयोजकले  नेपाली चेली बेटीहरुलाई विना शुल्क कार्यक्रममा हार्दिक निमन्त्रणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment