Comments Add Comment

२६ सभासदको मनोनयन केही दिनमै : मन्त्री रिजाल

minendra rijal४ भदौ, विराटनगर । सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले संविधान सभामा मनोनित गर्न बाँकी २६ सभासदको मनोनय केही दिनमै गरिने वताएका छन् ।

मोरङको विराटनगरमा बुधवार विहान आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले २६ सभासदको मनोनयन भने दलहरुवीचको सहमतिमै हुने स्पष्ट पारेका छन् । रिजालले दलहरुको सहमतिमै माघ ८ भित्रै संविधान जारी हुने दाबी गरे ।

उनले संविधानसभाका मूल विवादित विषयमा सहमति कायम सरकारले संविधानसभामा रहेका र बाहिर रहेका दलहरुसँग छलफल गरिरहेको वताए । उनले अनावश्यक विवादमा अल्झिँदा संविधान निर्माणमा बाधा पर्ने भएकाले सहमति कायम गर्ने तर्फ सवै दल लचिलो हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment