Comments Add Comment

वीरगन्जमा पनि ‘इबोला हेल्थ डेक्स’

४ भदौ, पर्सा । अफि्रकाबाट फैलिएको महामारी इबोला भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन पर्सामा पनि विशेष सतर्कता अपनाइएको छ ।

वीरगन्ज नाका हाुदै आउने पर्यटकसागै इबोला भाइरसको सङ्क्रमण भित्रिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बुधबार वीरगन्ज भन्सार नजिक रहेको इनर्वा प्रहरी चौकीसँगैको अध्यागमन विभाग अगाडि ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।

विदेशबाट आएका पर्यटक तथा बाहिरबाट आएका नेपालीमा पनि इबोला भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उनीहरूको स्वास्थ्य परीक्षणको लागि हेल्थ डेस्क स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

‘हेल्थ डेस्क’ स्थापना कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतो, नेपाली सेनाका सेनानी सुरेश हमाल, नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.रामशङ्कर ठाकुर, प्रहरी नायव उपरीक्षक श्याम महतो, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जरा, निवर्तमान अध्यक्ष केसी लामिछानेलगायतको उपस्थिति थियो ।

स्वास्थ्य परीक्षणको लागि हेल्थ डेस्कमा पााच स्वास्थ्यकर्मी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment