Comments Add Comment

शिकागोल्याण्ड नेपालीफ्रेन्डसिप सोसाइटीको अध्यक्षमा कँडेल

nepali Sikago४ भदाै, शिकागो । अमेरिकाको शिकागोमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था शिकागो ल्याण्ड नेपालीफ्रेण्डशिप सोसाइटीको अध्यक्षमा बेणीमाधव कँडेल चयन भएका छन् । गैरआवसीयनेपाली संघ (एनआरएन) का अन्तर्राष्ट्रिय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमासम्पन्न सोसाइटीको चौथौँ साधारण सभाले निवर्तमान समितिको प्रगविवरणसमीक्षा गर्दै कँडेलको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।

दुई वर्षको लागि चयन भएको सो कार्य समितिमा जितेन्द्र विक्रम रानाप्रथम उपाध्यक्ष, काशी प्रसाद सिंह द्वितिय उपाध्यक्ष र गणेश थापा तृतीयउपाध्यक्षमा चयन भएका छन् ।

यसैगरी सचिवमा ईश्वरीबगाले, कोषाध्यक्षमा भानु घिमिरे चुनिएका छन् । यसैगरी सदस्यहरुमा जगननिरौला, अनिल पाण्डे, सन्ध्या राई, अर्जुन सुवेदी, विक्रम थापा, थानेश्वरपाठक, किरण थापा, सुमित विष्ट र महेन्द्र श्रेष्ठ चयन भएका छन् ।

सोअवसरमा नवनिर्वाचित कार्यसमितिलाई शुमकामना दिँदै प्रमुख अतिथि घलेलेजुनसुकै काम गर्दा पनि ठोस लक्ष्य निर्धारण गरेर आत्मविश्वास तथाइमान्दारिताका साथ गरे सफल हुने बिचार व्यक्त गरे  । यसै अवसरमा उनलेविभिन्न मुलुकमा बसोबास गरी रहेका गैरआवसीय नेपालीहरुको अवस्थाको चर्चागर्नुका साथै भवन निर्माणको लागि रकम संकलन कार्य पनि तिव्र रुपमा भैरहेकोबताए ।

nepali Sikago1निवर्तमान अध्यक्ष टेकबहादुर केसीको सभापतित्वमा भएकोसो कार्यक्रममा गैर आवसीय नेपाली संघ अमेरिकाका अध्यक्ष तथा कानुन व्यवसायीखगेन्द्र जिसी, बोर्ड अफ डाइरेक्टर धर्म भट्टराई तथा राधापौडेल अतिथिरहेका थिए ।

त्यसैगरी एसोसिएसन अफ नेप्लिज ईन मिडवेष्ट अमेरिका (एनमा) काअध्यक्ष गोपेन्द्र भट्टराई, संस्थाका सल्लाहकार, व्यवसायी बाला घिमिरे तथाईलिनोईज अबैतानिक महावाणिज्यदूत मर्विन ब्रष्टिनका पनि अतिथि रहेका थिए । आइतबार सम्पन्न सो कार्यक्रमको अवसरमा निवर्तमानअध्यक्ष केसीले आफ्नो दुई वर्षे कार्यकालमा भएको गतिविधिबारे प्रकाश पारेकाथिए ।

संस्था स्थापनाकालदेखि नै सक्रिय भूमिका निभाउँदै आएका निवर्तमानअध्यक्ष केसीले समितिका साथीहरुको तथा अन्य सबैको साथ र सहयोगले आफ्नोकार्यकाल सफल भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिएकाथिए ।  निवर्तमान उपाध्यक्ष वेणीमाधव कँडेलले आगन्तुक सवैलाई स्वागत गरेकाथिए । यसै अवसरमानिवर्तमान सचिव सुरज घिमिरेले संस्थाको प्रगति विवरणप्रस्तुत गरेका थिए  भने कोषाध्यक्ष जितेन्द्र विक्रम रानाले आर्थिक प्रगतिविवरण प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment