Comments Add Comment

फेसबुकबाट ‘सेक्स पार्टनर’को प्रस्ताव राख्ने युवक पक्राउ

४ भदौ, काठमाडौं । समाजिक सञ्जाल फेसबुकबाट महिलाहरूलार्इ अश्लिल फोटो पठाइ ‘सेक्स पार्टनर’ बनाउने प्रस्ताव राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

facebookसिन्धुली जलकन्या २ घर भइ हाल लाजिम्पाट बस्ने ३० वर्षका स्याङ्गवोलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले मंगलबार नक्सालबाट पक्राउ गरेको हो ।

उनले फेसबुकबाट नक्कली प्रोफाईल बनाई सम्भ्रान्त परिवारका महिलाहरुलाई आफ्नै अश्लिल फोटोहरु म्यासेज पठाउने र सेक्स पार्टरनको प्रस्ताव राख्ने गरेको खुलेको छ । ‘सुरुमा महिलाको नामबाट फेसबुक एकाउन्ट खोलेर साथी बनाउने र सेक्स पार्टनरको प्रस्ताव राख्ने गरको देखिएको छ’ अनुसन्धानमा संलग्न एक प्रहरीले अनलाइखबरसँग भने ।

उनले सेक्सको प्रस्ताव राख्ने महिलाहरुको म्याजेज बक्समा आफ्नै अश्लिल तस्वीरहरु समेत पठाएको पाइएको छ । केहीले उजुरी गरेपछि प्रहरीले छानविन थालेको थियो ।

उनलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ । उनको साथबाट दुई थान मोबाइल समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment