Comments Add Comment

भाइरल ज्वरोले धनकुटमा दुईको मृत्यु

सन्तोष रुचाल

४ भदौ, धनकुटा । भाईरल ज्वरो, झाडापखाला र निमोनियाबाट धनकुटामा दुईजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

खानेपानी मुहान दुषित भएपछि निमोनिया र झाडापखालाको संक्रमणबाट चुङ्गवाङ्ग गाविस-४ का १२ वषर्ीय अर्जुन थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

ज्वरोले सिकिस्त थापालाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनलाई अस्पताल ल्याउन ढिलो गर्दा मृत्यु भएको जिल्ला अस्पताल धनकुटाका डाक्टर विकास शर्मा पौडेलले बताए ।

त्यसैगरी मुगा गाविस-४ की ३३ वर्षीया कमला राईको पनि ज्वरोले ज्यान लिएको छ । उनको पनि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभियर निमोनियाको कारण छातीमा गम्भीर समस्या देखिएकी राईको उपचारमा ढिलाई हुँदा मृत्यु भएको डाक्टर पौडेलले बताए ।

जिल्ला अस्पतालका अनुसा दुई हप्तादेखि जिल्ला अस्पतालको आकस्मिक कक्षमा दिनको ३० देखि ४० जनासम्म विरामी आउने गरेका छन् । ओपिडी कक्षमा हरेक दिन एक सय बढी विरामी आउने गरेको अस्प्तालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment