Comments Add Comment

अनिल खरेल होनहार क्रिकेटर घोषित

४ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटमा नेपालका १३ वर्षे स्पिनर अनिल खरेल होनहार खेलाडी घोषित भएका छन् ।

Anil-kharelनेपाललाई एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि दिलाउने क्रममा १३ विकेट लिएका उनी प्रतियोगिताको होनहार खेलाडी (मोस्ट प्रोमिसिङ प्लेयर) घोषित भएका हुन् । देब्रे हाते स्पिनर अनिलले आइतबार ओमानविरुद्ध मात्र ६ विकेट लिएर सनसनी मच्चाएका थिए ।

यो पनि पढ्नुस् : मलेसियालाई हराउँदै नेपाल बन्यो यू-१६ प्रिमियर क्रिकेट च्याम्पियन

उत्कृष्ट बलिङ गरेका उनले उनले ६ ओभरमा १६ रन खर्चिएर ओमानका ६ जना व्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए । पाँच खेलमा ३५ ओभर बल फालेका उनले ६ मेडन राख्दै १३ विकेट लिएका थिए ।

प्रतियोगितामा सर्वाधिक १५ विकेट लिएका नेपालका जितेन्द्र सिंह ठकुरी बलर अफ टुर्नामेन्ट घोषित भए । उनले पाँच खेलमा २७.३ ओभरमा ७ मेडन राख्दै १५ विकेट लिएका थिए । थाइल्याण्डविरुद्ध उनी एक्लैले पाँच विकेट लिएका थिए ।

यस्तै मलेसियाका कप्तान वीरनद्विप सिंह व्याट्सम्यान अफ दि टुर्नामेन्ट र प्लेयर अफ दि दुर्नामेन्ट घोषित भए । उनले कुल १७० रन बनाए । एकै खेलमा उनले ९० रन बनाएका थिए ।

वासिम अलीले एकै खेलमा अविजित १४१ रन बनाएका थिए । तर, कुल १६४ रनसहित सर्वाधिक रन जोड्ने व्याट्सम्यानको सूचीमा उनी दोस्रो स्थानमा रहे ।

नेपालका प्रनित थापा १२७ रनसहित तेस्रो स्थानमा छन् । उनले बहराइनविरुद्ध अविजित ७० रन बनाएका थिए, जुन प्रतियोगितामा नेपाली व्याट्सम्यानले एकै खेलमा बनाएको सर्वाधिक रन समेत हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment