Comments Add Comment

उपभोक्ता मूल्य हेरेर मात्रै पानी किन्न आग्रह

Mineral-water-companies४ भदौ, काठमाडौँ  । नेपाल बोटल वाटर उद्योग संघले पानीमा कार्टेलिङ्, एकाधिकार र ब्रम्हलुट नभएको बताएका छन् । संघले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बजारमा हल्ला भए झैं पानीमा कार्टेलिङ्, एकाधिकार र ब्रम्हलुट नभएको र उपभोक्ता मूल्य (एमआरपी) मा कुनै पनि परिवर्तन नगरेको स्पष्ट पार्दै उपभोक्ताहरुलाई समेत सचेत रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष किशोर मानन्धरले पानीको बोटलमा नै मूल्य अंकित गरिएको हुँदा सोही मूल्य हेरेर मात्रै पानी किन्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । मानन्धरले भने,’पानीमा बिचौलिया र माफियाहरुको दबाबमा कार्टेलिङ् भयो भन्नु गलत हो । यसमा कुनै सत्यता छैन् । यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा गर्ने हो भने सवै व्यवसाय नै धराशयी बन्छ ।’

उद्योगले बजारबाट आफूले पाउनुपर्ने मुल्य नपाएको अवस्थामा विक्रि वितरणमा मात्रै हेरफेर गरेको हो । संघका उपाध्यक्ष सजनलाल प्रधानले केही विचौलीयाहरुले पानीमा कार्टेलिङ् भयो भनेर हिँडेको आरोप लगाउँदै मूल्य परिवर्तन नभएको प्रष्ट पारेका छन् । उनीहरुले उपभोक्ताहरुलाई बोटलमा भएको एमआरपी हेरेर मात्रै पानी किन्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment