Comments Add Comment

एमाओवादी काठमाडौंमा गाईजात्रा देखियो !

Himal-with-mahendra

४ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता महेन्द्र श्रेष्ठले आफूलाई काठमाडौं जिल्ला अध्यक्ष घोषणा गरेका छन् । विद्यार्थी नेता हिमाल शर्माले गत असारमै आफूलाई जिल्ला अध्यक्ष घोषणा गरिसकेका छन् । दुई नेतामध्ये एकले अर्कोलाई उपाध्यक्ष घोषणा गरेका छन् ।

श्रेष्ठले बुधबार नयाँ बानेश्वरको अल्फबेटामा पत्रकार सम्मेलन गरेर काठमाडौं जिल्ला कमिटीको बैठकले आफूलाई अध्यक्ष र हिमाल शर्मालाई उपाध्यक्ष बनाएको बताए । बाँकी पदाधिकारी पछि छनोट गरिने श्रेष्ठले बताए ।

श्रेष्ठलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा सहभागी पूर्वकेन्द्रीय सदस्य सविना अर्यालले विद्यार्थीका अध्यक्ष जिल्ला कमिटीको अध्यक्ष बन्न नमिल्ने बताइन् । एमाओवादीले विद्यार्थी संगठन क्रान्तिकारीका अध्यक्ष समेत रहेका शर्मालाई असार १३ गतेको बैठकले काठमाडौं जिल्ला अध्यक्ष बनाएको थियो ।

तपाईले भट्टराई पक्षको समानान्तर कमिटी घोषणा गर्नुभएको हो ? अनलाइनखबरको प्रश्नमा श्रेष्ठले भने- ‘होइन, यो संस्थापन पक्षकै हो, हामीले हिमालजीलाई उपाध्यक्ष बनाएका छौं, उहाँ संस्थापन पक्षकै नेता हो ।’

हिमाल भन्छन्- म अध्यक्ष, महेन्द्र उपाध्यक्ष

यसैवीच महेन्द्र श्रेष्ठद्वारा उपाध्यक्ष बनाइएका हिमाल शर्माले महेन्द्र श्रेष्ठचाँहि उपाध्यक्ष रहेको र आफू असार १५ गते नै सर्वसम्मत अध्यक्ष भैसकेको अनलाइनखबरलाई बताए । ‘मलाई जिल्ला कमिटीको बैठकले असार १५ गते नै सर्वसम्मत अध्यक्ष बनाइसकेको हो,’ शर्माले अनलाइनखबरसँग भने,-‘म अध्यक्ष भएपछि महेन्द्रजीले पनि बधाइ दिइसक्नुभएको थियो । अहिले आएर आफू अध्यक्ष भएँ भन्नु हास्यास्पद, अराजक एवं गैर राजनीतिक कार्य हो ।’

‘आफैं उपाध्यक्ष रहेको मान्छेले अध्यक्ष घोषणा गर्न सुहाउँदैन,’ अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका शर्माले भने- ‘यो पार्टी फुटाउने खेल हो ।’

काठमाडौं जिल्ला कमिटी ७५ सदस्यीय रहेको र मंगलबार बैठक बसेर पदाधिकारीसमेत चयन गरिसकेको शर्माले अनलाइनखबरलाई बताए । शर्माले अनलाइनखबरसँग भने- ‘बैठकले महेन्द्र श्रेष्ठ श्रेष्ठलाई उपाध्यक्ष र रेणु दाहाललाई सचिव चयन गरिसकेको छ । त्यसैगरी शंकर दुलाल र धनबहादुर बिकलाई सहसचिव र रुपा महर्जनलाई कोषाध्यक्ष चयन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment