Comments Add Comment

सशस्त्र प्रहरीमा सुरुवा-बढुवाको सूचना एसएमएसबाटै

४ भदौ । सशस्त्र प्रहरी बलले सुरुवा तथा बढुवाको सूचना एसएमएसबाटै दिने भएको छ । यसका लागि ‘एसएमएस सर्ट कोड सेवा’ सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

यो सेवा नयाँ भर्नाको नतिजा पनि जानकारी दिइनेछ । सशस्त्र प्रहरी कर्मचारीले यो सेवा मार्फत आफ्नो सरुवाबारे जानकारी लिनका लागि मोवाइल फोनबाट ‘टीआरए’ टाइप गरी त्यसपछि आफ्नो व्यक्तिगत आईडी नम्बर उल्लेख गरेर १११४ मा एसएमएस गर्नु पर्दछ ।

सरुवा बढुवाबारे जानकारी पाउन गरिने एसएमएसमा करबाहेक एक रुपैयाँ मात्रै खर्च हुन्छ भने सिष्टमले जानकारी दिँदा कुनै खर्च लाग्दैन । हाललाई नेपाल टेलिकमको सीम प्रयोगकर्ताले मात्रै यो सेवा उपयोग गर्न सक्ने सशस्त्रले जनाएको छ ।

यसअघि छोटा सूचनाहरु क्लोज युजर ग्रुप (सियुजी) मोवाइल सेवाअन्तर्गत सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसएमएसबाट पठाउने गरेको थियो । सशस्त्र प्रहरी बलले आफ्नो आदेश, निर्देशन तथा महत्वपूर्ण सूचनाहरु छिटो छरितो ढंगले मातहत सशस्त्र प्रहरी कर्मचारीसम्म पुर्‍याउन गत वर्षदेखि ‘इन्ट्रानेट’ प्रविधिको समेत उपयोग गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment