Comments Add Comment

खोरबाट निस्केर मान्छे मार्ने बाघ नियन्त्रणमा

Tiger४ भदौ, चितवन । चितवन निकुञ्जका कर्मचारी हरिचन्द वोटलाई आक्रमण गरी मार्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।

मंगलबार निकुञ्जको कार्यालयस्थित गिद्ध प्रजनन केन्द्रअगाडि सफा गर्दै गर्दा उक्त बाघले वोटलाई मारेको थियो । हिजो दिनभरको प्रयास असफल भएपछि राति उक्त बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । यसअघि नवलपरासीको त्रिवेणी क्षेत्रमा एक महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो ।

सोही बाघ निकुञ्जको खोरभित्र भएको रुख चढेर भागी बोटलाई आक्रमण गरी मारेको निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले जानकारी दिए । मान्छे मारेको स्थानमा पाडो राखेर उक्त बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जले बुधवार विज्ञप्ति निकालेर जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment