Comments Add Comment

चरीकी ‘प्रेमिका’ खुश्वुले भनिन् -अर्पणसँग प्रेमसम्बन्ध थियो

४ भदौ, काठमाडौं । खुश्वी ओलीले एक समय अर्पण कोइरालासँग आफ्नो प्रेमसम्बन्ध भएको स्वीकार गरेकी छिन् ।

प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीका प्रेमिका ओलीले यसअघि भने आफू र अपर्ण असलसाथीमात्र भएको बताउँदै आएकी थिइन् ।

Khusbu-oli

पछिल्लो समय खुश्वु र अर्पणबीच आरोप प्रत्यारोप चल्दै आएको छ । खुश्वीका लागि आफूले करौडौं लगानी गरेको बताएपछि खुश्वुले पत्रकार सम्मेलन गरी अर्पणले बनावटी मिडियाबाजी गरेका बताइन् ।

उनले भनिन्-अपर्णको काठमाडौंमा तीन वटा घर नै थिएन । बिजुलीबजारमा भएको घर बालकोटमा बनाउँछु भनेर बेचेको तर अन्तिममा सबै पैसा पोखराको ग्राण्ड क्यासिनोमा सक्यो । पछि मैले नै थप पैसा बुझाएर छुटाएर ल्याएको हुँ ।’

आफू बुबाले जग्गा बेचेर सन् २००९ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएको भन्दै उनले अर्पणको लगानीमा आफूले पढेको भन्ने कुरा वाहियात भएको दावी गरिन् ।

ओलीले अर्पणसँग आफ्नो प्रेमसम्बन्ध भएको तर, सन् २०११ बाट पूर्ण रुपमा टुटेको बताइन् । लाख प्रयास गर्दा पनि गलत आदत नछाडेपछि सम्बन्ध टुटेको उनकेा भनाइ छ ।
उनले भनिन्-‘अर्पणलाई मैले भारत नयाँ दिल्लीको साईक्रयाटिक एण्ड रिहाविलिटेसन सेन्टरमा उपचार गराएको हुँ । तर पनि उ सुध्रेन । नेपाल आए पछि पनि उस्तै पैसा उठाउँदै हिड्न थाल्यो त्यसपछि हाम्रो सम्बन्ध टुट्यो ।’
अर्पणसँग सम्बन्ध टुटेको छ महिनापछि दिनेश अधिकारीसँग आफ्नो चिनजान भएको र सम्बन्ध बढ्दै गएको खुश्वुले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment