Comments Add Comment

भारतीय बाँधले सप्तरीका एक हजार घर डुबानमा

४ भदौ, सप्तरी । खोलाको मुहानै थुनेर भारतीय पक्षले सीमाक्षेत्रमा एकतर्फी रुपमा बाँध बनाएपछि सप्तरीको तिलाठीसहित ५ गाविसका एक हजार घर डुबानमा परेका छन् । भारतीय बाँधले खोला थुनिएपछि तिलाठी, सकरपुरा, लौनियाँ र रम्पुरा मल्हनियाँलका एक हजार बढी घर डुबानमा परेका हुन् ।

अविरल वषर्ापछि खाँडो र जिता खोलामा आएको बाढी गाउँमा पसेपछि तिलाठी गाविसका २, ३ र ४ वडाका करिब ३ सय घर डुबानमा परेको स्थानीय निरज झाले बताए । यस्तै खाँडो खोलाको मुहान थुनिँदा रम्पुरा मल्हनियाँ, सकरपुरा र लौनियाँ गाविस पनि डुबानमा परेको झाले बताए ।

जिता खोला र खाँडो खोला मिलेर बग्ने मुहान थुनिने गरी भारतीय पक्षले बनाएको बाँधले पानीको निकास बन्द हुँदा ती गाविस डुबानमा परेको तिलाठी गाविसका देवनारायण यादवले बताए ।

‘भारतीय पक्षले नेपाली भूमि डुबान हुने गरी खोलाको मुखमै बाँध बनाउँदा नेपाली भूमि वर्षेनी डुबानमा पर्ने गरेको छ’, यादवले भने, ‘गाउँ बस्ती डुब्दा पनि नेपाल सरकारको तर्फबाट कुनै पहल भएको छैन ।’

खोलाको पानी घर घरमा पसेपछि खाना पकाउन र सुत्नसमेत समस्या भएको स्थानीयको गुनासो छ । पानी पसेपछि घरको अन्नसमेत नष्ट भएको छ । डुबानले जनजीवन कष्टकर बनेको रम्पुरा मल्हनियाँ गाविसका अशोक यादवले बताए । गाउँमा बाढी पसेपछि बालबालिका र बृद्दबृद्दा जोगाउन स्थानीयलाई समस्या भएको छ ।

खाँडो खोला र जीता खोलाको मुहान थुन्ने भारतीय पक्षले बनाएको बाँध भत्काउन पहल नहुँदा  सडक पनि डुबानमा पर्दा सातादेखि राजविराज-कुनौली सडक अवरुद्ध छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले डुबानबारे जानकारी हुनासाथ प्राविधिक टोली खटाई समाधान खोजिने पहल भइरहेको बताए । यसैबीच, बुधबार बिहानैदेखि त्रियुगा खोलाले सप्तरीको ओद्राहा गाविस नजिकै बाँध कटान थालेपछि प्रहरीले नियन्त्रणको काम जारी राखेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार ओद्राहा गाविसको वडा नम्बर ३, ४ र ५ मा त्रियुगा खोलाको बाढीले बाँधको कटान थालेपछि बाँसका भाटा र बोरामा बालुवा हालेर कटान रोक्ने प्रयास भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment