Comments Add Comment

गोरखापत्र र राससबाट बर्खास्त पत्रकार पुर्नबहाली गर्न माग

४ भदौ, चितवन । प्रेस चौतारी नेपालले गोरखापत्र र राष्ट्रिय समाचार समितिबाट निकालिएका पत्रकारलाई तत्काल पुर्नबहाली गर्न माग गरेको छ ।

बुधबार बसेको चौतारी केन्द्रीय समितिको आकष्मिकबैठकले पूर्वाग्रह राखेर बर्खास्त गर्ने तथा म्याद नथप्नेसरकारी कदमको बिरोध गर्दै बर्खास्त पत्रकारलार्इ पुनर्बहाली गर्न र म्याद नथपिएकाको तत्काल म्यादथप्न सम्बन्धित पक्षसमक्ष माग गरेको हो ।0

मागको वेवास्ता गरिए चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय समेत चौतारीले गरेको सचिव राजेश रार्इले जानकारी दिए । चौतारीले रेडियो नेपालमा आन्दोलन सञ्चारकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्बन्धित निकायलाई माग पूरागरी समस्या समधान गर्न पनि आग्रह गरेको छ ।

यसैगरी नयाँ संविधान बनाउन दबाब सृजना गर्न चौतारीले अभियान थाल्ने भएको छ । चौतारीले अविरल वर्षापछि आएको बाढीपहिरोबाट बिपत्तिमापरेकालाई सहयोग गर्न चौतारी र मातहतका कमिटीले राहतसंकलन गर्ने निर्णयसमेत गरिएको महासचिव माधव नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment