Comments Add Comment

खेलाडी किनबेचको प्रतिवन्ध हटाउने बार्सिलोनाले गरेको अपील अस्वीकार

४ भदौ, काठमाडौं । खेलाडी किनबेच (ट्रान्सफर) माथि लगाएको प्रतिवन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाले अस्वीकार गरेको छ ।

अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ ।

१८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४ महिने प्रतिबन्ध लगाएको छ । तर, बार्सिलोनाले अपील गरेपछि केही समयका लागि प्रतिवन्ध स्थगित गरिएको थियो ।

यही मौकामा बार्सिलोलाले लुइज स्वरेजसहितका फुटबलहरुलाई भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment