Comments Add Comment

कानुनले नहुने काम भए मैले भनेको पनि नमान्नुस् : प्रधानमन्त्री

४ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित आˆनो कार्यालयमा बुधबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्ने बताए । सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने भन्दै उनले सचिवहरुलाई कसैको दबाबमा नपरी आˆनो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै कोइरालाले सचिवहरुलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह गरे । सचिवहरुलाई आˆनो दशौँ वर्ष लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गरी सुशासन कायम गर्न र मुलुकलाई समृद्धिततर्फ डोर्‍याउन निर्देशन दिएका छन् ।

भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएका कामको सराहना गर्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण निकायले आˆनो कार्य प्रभावकारी रुपमा गरे मुलुकमा ८/१० वर्षमै कायापलट हुने दाबी गरे ।

सरकार निर्माणका बेला भएका समझदारीप्रति आफू पूर्ण प्रतिबद्ध भएको भन्दै उनले सरकार परिवर्तनको कुरा बेतुकको हल्लामात्र भएको बताए । साथै उनले संविधान निर्माणपछि आफू एक क्षण पनि कुर्सीमा नबस्ने बताए ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment