Comments Add Comment

बाढी प्रभावित क्षेत्रमा जाँदा मन्त्री र सभासदले हेलिकोप्टर नचढ्ने

४ भदौ, काठमाडौं । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाँदा मन्त्री र सभासदहरु हेलिकोप्टर नचढ्ने भएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बनेको उच्चस्तरीय राहत तथा पुनःस्थापना समितिको बुधबार बसेको बैठकले पीडितहरुलाई भेट्न जाँदा हेलिकोप्टर नचढ्ने निर्णय गरेको हो । ‘हेलिकोप्टर चढेर जाँदा पीडितमा अर्कै प्रभाव पर्दोरहेछ’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने-‘बरु दुःख गरेर हिडेर वा गाडीमा जाने सहमति भएको छ ।’

हेलिकोप्टरलाई राहत तथा औषधी वितरण तथा पीडितको उद्धारमा प्रयोग गर्ने सहमति भएको छ ।

बैठकले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १-१ लाख राहत दिने निर्णय गरेको छ ।

प्रमुख विपक्षी एमाओवादीले राष्ट्रिय विपत घोषणा गर्न माग गर्दै संसद अवरुद्ध गरेपछि सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय राहत तथा पुनःस्थापना समिति बनाएको छ ।

साथै सभासदहरु जनतामाझ जान संसद तथा समितिहरुको बैठक भदौ ९ गतेसम्म स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment