Comments Add Comment

रेड पाण्डाको छालासहित वाईबा पक्राउ

redpanda
फाइल तस्बीर

४ भदौ, काठमाडौं । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित एकजना पक्राउ परेका छन् । रसुवाको समरथली-९ का ४० वर्षीय सोनाम लामा भन्ने तुलासिंह वाईबालाई दुई थान रेड पाण्डाको छालासहित अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको गोकर्णबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका वाईबाको साथबाट कालो, खैरो र रातो रंगको खुट्टासहित भएको दुई थान रेड पाण्डाको छाला, एक थान मोबाइल फोन र झोला समेत बरामद भएको अपराध अनुसन्धान मशाखााले जनाएको छ । वाईबालाई महानगरीय प्रहरी परिषर हनुमान ढोकाको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment