Comments Add Comment

मैत्रीपूर्ण खेल खेल्न बेसबल टोली जापानतर्फ

base ball Team४ भदौ, काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाली बेसबल टोली बुधबार जापान तर्फ प्रस्थान गरेको छ । बेस बल नेपाल-जापान बेसबल एक्सचेन्ज कार्यक्रम अन्र्तगत मैत्रीपूर्ण खेल खेल्न १६ सदस्यीय नेपाली टोली जापान प्रस्थान गरेको हो । टोलीमा चार जिल्लाका ९ खेलाडी छन् ।

टोलीमा सहभागी खेलाडीमा भक्तपुरका सगुन खिचाजु, काठमाडौका प्रतिक सरकार, ललितपुरका सफल श्रेष्ठ तथा कास्कीका सुशील परियार, विकास राई, आशिष मगर, देव भुजेल, अमृत नेपाली र नवराज भुजेल छन् । जापान प्रस्थान गरेका सबै खेलाडी १५ वर्ष मुनीका हुन् ।

नेपाल बेसबल महासंघले मैत्रीपूर्ण खेलका लागि खेलाडीहरुलाई जापान लगेको हो । खेलाडीहरुले जापानमा रहँदा २ वटा मेत्रीपूर्ण खेल खेल्ने छन् । जापानमा रहँदा बेसबलबारे प्राविधिक ज्ञान लिने कार्यक्रम छ । बेसबलका चार राष्ट्रिय खेलाडी र महासंघका तीन पदाधिकारी पनि टोलीमा छन् । टोली भदौ १७ गते स्वदेश फर्कने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment