Comments Add Comment

अपहरणको धम्की दिएर रकम माग्ने दुई पक्राउ

४ भदौ, बनेपा । टेलिफोनबाट अपहरणको धम्की दिई फिरौती रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको भुक्देउ महाँकाल-५ बस्ने २८ वर्षीय विशाल भन्ने विनोद तामाङ र शिखरआम्वोटे-३ बस्ने ३२ वर्षीय तीर्थ लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उनीहरुले सिन्धुली तामाजार गाविस-९ बस्ने ५० वर्षीय मानबहादुर थिङलाई बनेपा बसपार्कमा बोलाएर पैसा नदिए परिणाम नराम्रो हुने चेतावनी दिएका थिए । तीन लाख १५ दिनभित्रमा नदिए अपहरण गरी बेपत्ता बनाउने धम्की पटकपटक फोनमार्फत पीडितले पाएका थिए ।

उनीहरुविरुद्ध मानव अपहरण तथा शरीर बन्धक उद्योगसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment