Comments Add Comment

राष्ट्रपतिले प्रचण्डलाई शीतल निवास बोलाएर धन्यवाद दिए

४ भदौ काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपतिले प्रमुख विपक्षी दलका नेताको हैसियतमा बोलाएएपछि प्रचण्ड शीतलनिवास पुगेका थिए ।

prachanda-rambaranभेटमा राष्ट्रपतिले संसदमा बाढी पहिरो पीडितको विषय व्यवस्थापिका संसदमा उठाएकोमा प्रचण्डलाई धन्यवाद दिएका छन् । साथै पीडितहरुलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न समेत आग्रह गरेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।

जवाफमा प्रचण्डले आफूले सदनमा विषय उठाएपछि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय राहत तथा पुनःस्थापना समिति बनेको र बुधबार नै बसेको बैठकले मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय गरेको जानकारी गराएका छन् ।

भेटमा राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियाबारे समेत चासो राखेका छन् । उनले संविधान निर्माण प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छन् ।

यो पनि पढ्नुस् : बाढी प्रभावित क्षेत्रमा जाँदा मन्त्री र सभासदले हेलिकोप्टर नचढ्ने

यो पनि पढ्नुस् : नेता भन्छन्- सुनकोशीमा ‘अरनिको ताल’ बनाऔं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment