Comments Add Comment

फलो नगरेका प्रयोगकर्ताको ट्वीट पनि टाइमलाइनमा देखिने

Twitter-new-timelineयदि तपाई ट्वीटर प्रयोगकर्ता हुनुहुन्छ भने टाइमलाइनमा थप भिडभाड देख्न तयार रहनुहोस् । किनकी ट्वीटरले अब तपाईले फलो नगरेका ट्वीट पनि टाइमलाइनमा देखाइदिने छ ।

अहिलेसम्म तपाईको टाइमलाइनमा तपाईले फलो गरेका अकाउन्टको ट्वीट वा उनीहरुले रिट्वीट गरेका सामाग्रीमात्र देखिन्थे ।

ट्वीटरले ‘टाइमलाइन’को परिभाषालाई बदल्न कोसिस गरिरहेको छ । त्यही प्रयास अन्र्तगत टाइमलाइनमा अब फलो नगरिएका अकाउन्टको ट्वीट पनि देखिनेछन् ।

‘लोकप्रिय’ वा प्रयोगकर्ताका लागि ‘उपयोगी’ जस्ता लाग्ने छानिएका ट्वीटलाई ट्वीटरले आफैं तपाईको टाइमलाइनमा देखाइदिने छ ।

प्रयोगकर्ताको नेटवर्कमा यी ट्वीट कति लोकप्रिय छन र त्यसमाथि कति अन्तरक्रिया भइरहेको छ भन्ने आधारमा ट्वीटरले यस्ता ट्वीट छान्ने छ । कसैको ट्वीटलाई तपाईले फेभराइट गर्नुभयो भने पनि तपाईको टाइमलाइनमा देखाइदिने छ ।

यसअघि नै ट्वीटरले बिज्ञापन र रीट्वीटलाई प्रयोगकर्ताको टाइमलाइन आफै देखाउन सुरु गरिसकेको छ ।

‘जब कुनै एकाउन्ट, ट्वीट वा अन्य कुनै लोकपि्रय डकुमेन्ट फलो गर्नुपर्ने खालको भेटाउँछौं तब, हामी त्यसलाई तपाईको टाइमलाइनमा देखाइदिने छौं’ ट्वीटर हेल्प सेगमेन्टमा राखिएको डकुमेन्टमा भनिएको छ-‘त्यो ट्वीट कति लोकप्रिय छ र तपाईको नेटवर्कमा कति अन्तरक्रिया भएको छ भन्ने आधारमा छान्नेछौं । हाम्रो उदेश्य तपाईको टाइमलाइनलाई बढि सान्दर्भिक र रुचीपूर्ण बनाउनु हो ।’

ट्वीटरले सान्दर्भिक रुचीपूर्ण बनाउने भने पनि यो फिचर सुरु गरेदेखि नै धेरै प्रयोगकर्ताले यसप्रति आफ्नो असन्तुष्टी पोखिरहेका छन् । त्यसको मुख्य कारणचाहिँ फेभराइट अप्सनलाई रिट्वीटजसरी ब्याख्या गर्नु हो ।

अहिलेसम्म फेभराइटको काम के हो भन्ने प्रष्ट छैन् । कसैले यसलाई सामान्यतयाः हेलो भन्न प्रयोग गरेका हुन्छन त कसैले बुकमार्कका रुपमा त कसैले ऐक्यबद्धता जनाउन । तर, ट्वीटरले अब फेभराइटलाई पनि रीट्वीटजस्तै ब्यबहार गर्ने भएको छ ।
यो परिवर्तनसँगै ट्वीटरले फेसबुकको बाटोमा अघि बढिरहेको प्रष्ट भएको छ । फेसबुक प्रयोगकर्ताले झैं अब ट्वीटरका प्रयोगकर्ताले पनि यस्ता बिषयवस्तु आफ्नो टाइमलाइनमा हेर्न बाध्य हुनुपर्ने छ, जसलाई न त उसले फलो गरेको छ, न त उसलाई रुची नै छ ।

पछिल्ला बर्षहरुमा नयाँ प्रयोगकर्ताको आर्कषण गुमाइरहेको र घाटा भोगिरहेको ट्वीटरले बढिभन्दा बढि ब्राण्डलाई आर्कषिर्त गरी बिज्ञापन बजारलाई बढाउन नयाँ परिवर्तन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment