Comments Add Comment

निःशुल्क जग्गा दान गर्न नपाएपछि उजुरी

५ भदौ, काठमाडौं । आफूले निःशुल्क दिएको जग्गा जिल्ला शिक्षा कार्यालयले नलिएको भन्दै जाजरकोटका एक व्यक्तिले काठमाडौं आएर शिक्षा विभागमा उजुरी दिएका छन् । जाजरकोट जिशिका भवन बनाउन भन्दै सार्वजनिक सूचना जारी गरेर जग्गा माग गरेको थियो । सोहीअनुसार आफूले चार रोपनी जग्गा निःशुल्क दिए पनि शिक्षा कार्यालयले जग्गा पास गर्न नदिएको भन्दै जाजरकोटका पदमबहादुर खत्रीले उजुरी दिएका हुन् ।

खत्रीले जग्गा लिनका लागि भएका निर्णय मंगलबार शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीलाई बुझाएको नयाँ पत्रिकामा खबर छ ।

‘पहिले लिने कुरामा सबैको सहमति भयो र निर्णय पनि भयो । अहिले जग्गा पास गर्ने कुरामा वेवास्ता गरिरहेका छन्,’ जग्गादाता खत्रीले भने, ‘जति कमाए पनि त्यस्तै रहेछ, जग्गादान गरेर एउटा फोटा टाँस्ने आसले मात्र ४ रोपनी जग्ग्ा दिएको हो ।’ जग्गा लेनदेनसम्बन्धी निर्णयसहितका सामग्री बुझ्दै अवस्थीले जिशिकालाई जग्गा आवश्यक रहेको र निःशुल्क पाएको जग्गा नलिने कुरै नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment