Comments Add Comment

राहत माग्दै प्रशासनमा घेराउ

५ भदौ, नेपालगन्ज । सरकारले समयमा राहत वितरण र उद्धार नगरी ‘बिचल्लीमा पारेको’ भन्दै राप्ती बाढीपीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

राप्ति नदीको प्रभावित क्षेत्र फत्तेपुरबाट आएका करिब ३ सय बाढीपीडितले तत्काल राहत वितरण, नदी कटान रोक्न तटबन्ध, विस्थापितलाई बसोबास र घाइतेलाई अबिलम्ब औषधिउपचार व्यवस्था गर्न माग गरेको नागरिक दैनिकमा खबर छ ।

‘बाढी आएर बिचल्ली पारेको एक साता हुन लाग्यो, अहिलेसम्म हाम्रो गाउँमा कोही पुगेको छैन्,’ फत्तेपुर ८ सिधनवाका पीडित जालुराम थारुले भने , ‘हाम्रो मर्का नसुन्ने सरकारलाई दबाब दिन यहाँ आउन बाध्य भयौं ।’
स्थानीय प्रशासनले माग सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएपछि बल्ल बाढीपीडित गाउँ र्फकन राजी भएका थिए । पत्तेपुरमा छिट्टै राहत वितरण र औषधोपचार व्यवस्था गर्नुका साथै स्थायी बसोबासको प्रबन्ध र तटबन्ध निर्माणको काम थाल्न स्थानीय प्रशासनले पहल गर्ने आश्वासन दिएको बाढीपीडित जनकबहादुर थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment