Comments Add Comment

बाढीपीडितका लागि छुट्याएको राहत गोदाममा, पीडित भोकभोकै

५ भदौ, बर्दिया । भादापुरुवास्थित बाढीपीडित आश्रयस्थलमा बुधबार बिहानै चामल, नुन, दाल बोकेका गाडी आइपूयो । गुलरियास्थित चाइना लंगफुड प्रालिले बाढीबाट विस्थापित १ सय ९० घरधुरीलाई राहत वितरण गर्न उक्त खाद्यान्न ल्याएको थियो ।

लगत्तै गुलरिया नगरपालिकाका एक अधिकृतले फोन गरेर भने, आफूखुसी राहत वितरण गर्ने होइन, राहत सुरुमा नगरपालिकामा जम्मा गर्नुस्, नत्र कम्पनीमा ताला लाग्ला ।’ यस्तो चेतावनी आउनेवित्तिकै खाद्य सामग्री बोकेर आएको गाडी फरक्क फर्किएको नागरिकमा खबर छ ।

बाढीपीडितलाई बाँड्नुपर्ने खाद्यान्न नगरपालिकाको गोदाममा लगेर थन्काइयो । ‘हामीले विस्थापितलाई तत्काल खाद्य सामग्री पुर्‍याउन संकलन गरेका थियौं, गोदाममा लगेर जम्मा गनुपर्‍यो’, लंगफुडका प्रबन्धक सुन्दर तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment