Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित दैनिक पत्रिकाले नेपालले १६ वर्ष मुनिको पि्रमियर लिग जितेको, सरकारले बाढीपीडितलाई राहत वितरण गरेको बताए पनि पीडितले राहत नपाएको, सरकार सार्क सुरक्षाको तयारीमा जुटेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीले माघ ८ पछि राष्ट्रपति र आफू दुवैले पद छाड्ने बताएको, यु-१६ प्रिमियर लिगमा नेपालको सानदार जित भएको, सार्कको सुरक्षा तयारीमा सरकार जुटेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले राहत माग्दै प्रशासन घेराउ भएको, प्रचण्डको प्रस्तावमा कांग्रेस सकारात्मक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले बाढीपीडितको पक्षमा बोलेकोमा प्रचण्डलाई राष्ट्रपतिले धन्यवाद दिएको, निशुल्क जग्गा दान गर्न नपाएपछि उजुरी दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-naya-patrika

2-anapurna

3-nagarik

5-gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment