Comments Add Comment

विहीवारको दैनिक पत्रिकामा विजनेश खबर

विहीवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले विभिन्न क्षेत्रमा हुने गरेका विकास निर्माणको काममा हुने गरेको अनियमितता, मापदण्ड नपुर्याई नगरपालिका सिफरिस, जलविद्युत आयोजना निर्माण भाड्ने प्रयास लगायतका खबरहरु प्राथमिकताका साथ छापेका छन् ।

कारोवार दैनिकले ‘मापदण्ड नपुर्याई ६६ नगरपालिका सिफारिस’ गरिएको खबरलाई प्रमुख बनाएको छ । नगर क्षेत्र निर्धारण सिफारिस समितिले मापदण्ड नपुगेका ६६ नयाँ नगरपालिका सिफारिस गरेको छ । केशवानन्द गिरीको अध्यक्षतामा गठित समितिले शुक्रवार यो सिफारिस अनुमोदनका लागि मन्त्रीपरिषदमा दर्ता गराएको छ ।

‘स्वरोजगार कोष पस्यो अख्तियार’, ‘फैसला कार्यान्वयन नहुँदा सवा ८ अर्व उठेन’, ७२ जिल्लामा टेलिकमको वाइम्याक्स, पानी उद्योगले गरेको कार्टेलिङ रोक्न संसदीय समितिको सिफारिस, गाभिएका संस्थाको अध्ययन गर्दै राष्ट्र बैंक लगायतका खबर कारोवारमा छ ।

आर्थिक दैनिकले ठेकेदारसहितको मिलेमतोमा रसुवामा निर्माणाधीन साञ्जेन, तल्लो साञ्जेन र रसुवागढी जलविद्युत जलविद्युत आयोजनाको निर्माण भाड्ने प्रयासको खबरलाई प्रमुख खबर बनाएको छ ।

यस्तै, चिया विकास निगम घोटाला प्रकरणमा माओवादीसमेत संलग्न, कार्टेलिङ्को आशंकामा बोटल वाटर उद्योग संघमाथि छानविन, पूर्वमन्त्री गुप्ताले विकास बैंकको कर्जा तिरेनन्, सहकारीका ठगलाई कारवाही गर्ने ऐनको धारामा अन्यौल, एक खर्ब भारतीय सहयोगबारे नेपाल सरकारको चासो शीर्षकका खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘५० करोडको लगानीमा सांगि्रलाको रिसोर्ट’ शीर्षकको खबरलाई प्रमुख बनाएको छ । पानीमा कार्टेलिङ् गर्न खोज्नेलाई उपभोक्तासम्बन्धी कानून अन्तर्गत कारवाही गर्न संसदीय समितिको निर्देशन, साञ्जेन आयोजनामा सशस्त्रको सुरक्षा, आइओसीबाटै कम गुणस्तरको पेट्रोल, नाफा लुकाउँछन् सहकारी लगायतका खबर नागरिकमा छ ।

अन्नपूर्ण पोष्टले सुनकोसी पहिरोको काण राजश्व असुली ठप्प रहेको खबरलाई मुख्य खबर बनाएको छ । अरनिको राजमार्ग ठप्प भएपछि तातोपानी भन्सार कार्यालयबाट संकलन हुने राजश्व ठप्प छ ।

नेप्से हजार अंक तल, भारतीय लगानी विस्तारमा नेपालको श्रम कानून बाधक, नेपाली कामदारको विषयमा मलेसियाका मानव संसाधनमन्त्रीसँग छलफल, चिलिमे गतिरोध अन्त्य गर्न दलहरुको सुझाव लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

नयाँ पत्रिकाले बोनस निर्माणमा राष्ट्र वैंकको जोड, खानेपानीको बजार कब्जा गरेर मूल्यवृद्धि, हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने, गोरखाका १२ विद्युत आयोजना बन्द शीर्षकको खबर छापेको छ ।

4-karobar

aannapurna-aarthik

aarthik

nagarik-aarthik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment