Comments Add Comment

बजार कब्जा गरेर खानेपानीको मूल्यवृद्धि

Mineral-water-companies५ भदौ, काठमाडौ । पेट बोटलमा खानेपानी वितरण गरिरहेका ब्यवसायीको एक समूहले प्रतिष्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको छ ।

नेपाल बोटल वाटर उद्योग संघले आफ्ना सदस्य उद्योगलाई एउटै ब्रान्डमा पानी उत्पादन गर्न बाध्य बनाएर मूल्यवृद्धि गरेको हो । संघमा आवद्ध नभएका अन्य उद्योगीलाई समेत धाकधम्की दिएको उपभोक्ता अधिकारकर्मीले उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएको नयाँ पत्रिकामा खबर छ ।

यसैगरी, उपभोक्ता हित संरक्षण मञ्चले ब्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धि समितिमा उजुरी दिएको थियो । उपभोक्ताको उजुरीपछि समितिले बुधवार वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई डाकेर छलफल समेत गराएको छ ।

छलफलमा खानेपानी वितरण गर्ने संघले प्रतिष्पर्धी बजारलाई हस्तक्षेप गरी कार्टेलिङ् गरेको ठहर गर्दै दोषीलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति सुवर्ण ज्वारचनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment