Comments Add Comment

काठमाण्डौंमा एनआरएन भवन बनाउन सिकागोमा १० लाख संकलन्

prabhas

सिकागो । गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सिकागोमा रहेका नेपालीहरुले १० हजार डलर ९ करिव १० लाख रुपैयाँ० संकलन गरेका छन् ।

सिकागोका स्थानीय संघसंस्थासँगको सहकार्यमा गैरआवासीय नेपाली संघ अमेरिकाले अगष्ट १८ तारिखमा आयोजना गरेको बिशेष अन्तरक्रिया कार्यक्रममा सो रकम जम्मा भएको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले एनआरएन भवन बनाउने आफ्नो अभियानमा हातेमालो गर्न कस्सिएका सिकागोवासी एनआरएनलाई हार्दिक धन्यवाद र आभार ब्यक्त गरे ।

गैरआवासीय नेपाली संघको संस्थागत विकाश आफ्नो मुख्य एजेण्डा रहेको भन्दै अध्यक्ष घलेले भवन निर्माण त्यसको पहिलो खुटिकलो भएको बताए । एकदुई जनाले पैसा खर्च गरेर भवन बनाउँदा त्यसमा सवै एनआरएनको अपनत्व नहुने भएकाले संसारभरिका एनआरएनको आफ्नोपन महसुस गर्न सकुन भनेर आफु रकम संकलन अभियानका सर्न्र्दभमा उत्तर अमेरिका भ्रमण गरिरहेको बताए ।

prabas-2

नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीमैत्री वातावरण निर्माण, दोहोरो करको अन्त्य, खुला बिश्वबिद्यालयको स्थापना, भिषा सरलीकरण लगायतका मुद्दामा आफुले निरन्तर लविङ गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले एनआरएन भवनमा एनआरएन अमेरिकाको स्वामित्व र सहभागिता सुनिश्चीत गर्न यो अभियान चलाइएको बताए । हालसम्म भइरहेका कामको जानकारी दिँदै उनले सुनकोशी बाढी पिडीतका लागि पनि रकम संकलन अभियान सुरु भइरहेको जानकारी दिए ।

कार्यक्रममा बाला घिमिरे, रमाकान्त खरेल, गोपेन्द्र भट्टराईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको आयोजना सिकागो नेपाल सोसाइटी, नेपाल-अमेरिका सेन्टर र एसोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिकासँगको साझेदारीमा आयोजना गरिएको थियो ।
हालसम्म चारवटा शहरमा भएका कार्यक्रमबाट ७५ हजार डलर अथार्त करिव ७५ लाख रुपैयाँ संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment