Comments Add Comment

ऋतिककी हिरोईनले सुटुक्क बिहे गरिन्

Hrithik+Barbara-1मुम्बई । हिन्दी फिल्म ‘काईट्स’ मा ऋतिक रोशनको नायिका बनेकी बारबारा मोरीले सुटुक्क बिहे गरेकी छिन् ।

मेक्सिकन मिडियालाई उदृत गर्दै भारतीय समाचार संस्थाले ३६ वषिर्य नायिका मोरीले  हलिउड अभिनेता जोन माईकल अकरसँग गुुपचुप बिहे गरेको उल्लेख गरेका छन् ।

१६ अगस्तमा बिबाह भएपनि बिबाह कुन ठाउँमा भएको थियो भन्ने खुलाइएको छैन । यति थाह छ- बिबाहमा बारबरा र जोनका केही आफन्त र साथीहरुको मात्रै उपस्थिती थियो ।

को हुन् बारबरा ?
बारबराको जन्म २ फेब्रुअरि १९७८ मा उरुग्वेमा भएको थियो । उनी एक मेक्सिकन निर्माता, मोडल, हिरोईन र लेखक पनि हुन् । तीन वर्षको हुँदा उनको आमा बुबाको सम्बन्ध बिच्छेद भएको थियो । उनको वाल्यकाल मेक्सिको र उरुग्वेमा बितेको थियो भने १२ वर्षको हुँदा उनी मेक्सिकोमा सेटल भएकी थिईन् ।

१४ वर्षमा मोडलिङ

१४ वर्षको उमेरमै उनी मोडलिङमा प्रवेश गरिन् । फेशन डिजाईनर मार्कोस टोलेडोका लागि उनले पहिलोपटक मोडलिङ गरेकी थिईन् । सन् १९९७ मा पहिलोपटक स्मश टिभीको हिट शो ‘मिराडा डे मुजेर’ मा अभिनय गरेकी थिईन् ।

Hrithik+Barbara-2पहिलो ब्रेक
सबैभन्दा ठुलो ब्रेक सन् २००४ मा मिलेको थियो बारबरालाई । जति  बेला स्मश टिभीमा ‘रुबी’ नाम गरेको कार्यक्रम चलाउँथिन । २००५ मा बनेको फिल्म ‘ला मुजर दे मी हर्मोनो’ बक्स अफिसमा चर्चित भयो ।

सर्जिओसँग भेटघाट

करिअर सुरु गर्दैताका उनको भेट मेक्सिकन अभिनेता सर्जिओ मेयरसँग भएको थियो । उनीहरुको सम्बन्धवारे मेक्सिकोमा राम्रै चर्चार् भयो । १९९८ मा बारबराले एउटा छोरा जन्माईन् । तर, उनले आमा हुनुअघि कसैसँग बिहे गरेकी थिईनन् । उनको छोरा पनि अहिले अभिनयमा करिअर बनाउने तयारीमा छन् ।

ऋतिकसँग अफेयर
अनुराग बसुको हिन्दी फिल्म ‘काईट्स’ मा काम गर्ने बेला ऋतिक रोशन र बारबराको अफेयर सुरु भएको हल्ला चलेको थियो । तर, ऋतिक बारबरासँग अफेयर रहेको स्वीकार्दैनन् । ऋतिकलाई नजिकबकाट चिन्ने केही मानिसहरु दावी गर्छन-‘बारबराकै कारण ऋतिकको श्रीमतिसँग सम्बन्ध बिग्रन थालेको थियो र अन्तिममा सम्बन्ध बिच्छेद नै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment