Comments Add Comment

यी हुन धेरै नाफा कमाउने १० वाणिज्य बैंक

५ भदौ काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये ९ वटा बैंकको नाफा अर्ब नाघेको छ । अर्ब बढी नाफा कमाउनेमा नबिल बैंक एक नम्बरमा छ भने ग्लोवल आइएमइ बैंक नवाैं स्थानमा छ ।

नबिले आर्थिक वर्ष २०७०/०७१ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष पनि २ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएर निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएकाे थियो ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७३ करोड, एभरेष्टले १ अर्ब ५४ करोड, कृषि विकासले १ अर्ब ५० करोड, स्टान्डर्ड चार्टडले १ अर्ब ३७ करोड, नेपाल बैंकले १ अर्ब २३ करोड र ग्लोवल आइएमई बैंकले १ अर्ब ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

10 porfitable BANK

यी बैंकमध्ये ग्लोवल आइएमई बैंकको नाफाको वृद्धिदर उच्च छ भने कृषि विकास बैंकले अघिल्लो वर्षकोभन्दा ७८ करोड रुपैयाँ कम नाफा कमाएको छ ।

नबिल, इन्भेष्टमेन्ट, ग्लोवल आइएमइ नेपाली निजी क्षेत्रको लगानीमा सञ्चालित हुन भने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंक सरकारी लगानीमा र स्टान्डर्ड चार्टड, एभरेष्ट र हिमालयन बैंक नेपाली र विदशी लगानीकर्ताको संयुक्त लगानीमा सञ्चालित छन् ।

गत आवमा २८ वटा बैंकले नाफामा छन् । नाफा भएपनि चार  बैंकको नाफा अघिल्लो वर्षको भन्दा कम छ । ग्रान्ड बैंक १ अर्ब ६० करोड र किष्ट बैंक २४ करोड रुपैयाँ घाटामा छन् । किष्ट बैंकले आफ्नो सञ्चत नोक्सानलाई सुधार गरेको छ । किष्ट बैंकले अघिल्लो वर्ष ८० करोड रुपैयाँ रहेको सञ्चित नोक्सानीलाई उल्लेख्य सुधार गरेको छ ।

ग्रान्ड बैंकले भने अघिल्लो वर्ष ११ करोड ७३ लाख रुपैयाँ नाफामा थियो । खराव कर्जाको मात्रा बढेपछि बैंकले १ अर्ब ९३ करोड रुपैयाँ संभावित जोखिम व्यवस्थामा छुट्याउनु परेपछि बैंक घाटामा गएको हो ।

नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेडमा) मा कडाई गरेसँगै पुराना बैंकको नाफा उल्लेख्य बढ्न नसकेको हो । राष्ट्र बैंकले २०७१ असार मसान्तसम्ममा स्प्रेड दर पाँच प्रतिशतमा राख्न निर्देशन दिएको थियो ।  त्यसैगरी अधिक तरलताका कारण बैंकहरुले लगानी बढाउन नसक्दा नाफाको वृद्धिदर पनि उल्लेख्य बढ्न नसकेकको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment