Comments Add Comment

बाढीपहिरोपीडितका लागि एनआरएन स्पेनबाट तीन लाख बढी राहत संकलन

nrn-spain-help
५ भदौ, बार्सिलोना । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परि ज्यान गुमाएका तथा विस्थापित परिवारहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले तीन लाख बढी रकम संकलन गरेको छ ।

पहिरो पीडितको सहयोगार्थ २ हजार ६ सय २५ युरो (करिब ३ लाख ३० हजार रुपैंयाँ) संकलन गरेको गैर आवासीय नेपाली संघका महासचिव कुमार पन्तले जानकारी दिए । नेवारी समाज (पासा पुच) स्पेनबाट पाँच सय ५९ युरो र तमु समाजबाट तीन सय एक युरो सहयोग रकम प्राप्त भएको परिषद्ले जनाएको छ ।

दैवी विपत्तिबाट बिभिन्न भागमा बाढीपहिरोको प्रभाव पारेपछि एनआरएन समन्वय परिषद् स्पेनले सहयोगका लागि गैरआवासीय नेपालीहरुसँग अपिल गरेको थियो ।

पन्तले स्वीट्जरल्याण्डमा पनि तीन लाख भन्दा बढी रकम उठेको जानकारी दिए । आगामी दुई हप्ता भित्र आफै गएर राहत बाड्ने रकम संकलन समितिका संयोजक समेत रहेका पन्तले बताए । हालसम्म गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिबाट करिब २५ लाख रुपैंया जम्मा भएको एनआरएनले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दिपक खरेलले सहयोग रकम राहत कोषमा राख्दा दुरुपयोग हुने भएकाले आफैले वितरण गरिनुपर्ने भन्दै केन्ऽलाई जानकारी गराइएको बताए ।

यस्तै, एनआरएनए स्पेनले बाढीपहिरोपीडितको सहयोगार्थ नेपाली चलचित्र ‘छ एकान छ’ प्रदर्शनीबाट पनि एक सय ५० युरो सहयोग जुटाउन सफल भएको थियो ।
बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment