Comments Add Comment

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु, अाठ घाइते

५ भदौ, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट गाविस-१ स्थित मलेखु नजिकै त्रिशूली नदीमा बिहीबार बिहान एउटा ट्रक खस्दा त्यसमा सवार एकजनाको ज्यान गएको छ । दुर्घटनामा अनय आठ जना घाइते भएका छन् । मृतकको सनाखत भने हुन सकेको छैन ।

काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना १ ख ८१८२ नम्बरको ट्रक सडकबाट करिब २ सय फिट तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रकको आधा भाग पानी र आधा भाग जमिनमा छ ।

दुर्घटनामा घाइते हुनेमा पर्सा कल्याणपुरका श्रीयन्त महतो, भुवाली माझी, भरत माझी र नागेन्द्र चौधरी, पर्सा देउरानका भीमराज माझी, विनयश्वर चौधरी र नौबिसे बस्दै आएका भारतीय नागरिक साहिम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको काठमाडौंस्थित मेगा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँचजनको अवस्था गम्भीर रहेको उद्धारमा संलग्न प्रहरीले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment