Comments Add Comment

खान नपाएपछि कर्मचारीले हुम्ला छाडे

Rice५ भदौ, हुम्ला । मध्यपश्चिमको दूर्गम हिमाली जिल्ला हुम्लामा खान नपाएपछि त्यहाँ कार्यरत कर्मचारीले जिल्ला छोडेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा तीन महिनादेखि खाद्य सङ्कट हुँदा अन्य जिल्लाबाट आएका कर्मचारी काज बिदा लिएर हिँडेका हुन् ।

अविरल वर्षाले सडक बन्द हुँदा यतिबेला सदुरमुकाम सिमकोटमा चाउचाउसमेत छैन । एक गेडो खाद्यान्न हुम्लाका बासिन्दाले चीनको ताक्लाकोटबाट महंगो मूल्यमा मैदा ल्याएर ढिंडो खाएर छाक टारिरहेका छन् ।

खाद्यान्न अभाव भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चडमा ल्याइएको ३० किलोको एक बोरा चामल पाँच हजार पाँचसयका दरले सदरमुकाम र नजिकका गाविसमा बिक्री भइरहेको छ । सरकारले समयमै खाद्यन्न ढुवानी नगरे दशैं तिहारमा पनि हुम्लाबासीलाई भोकभोकै बस्नुपर्ने चिन्ताले सताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment