Comments Add Comment

रामेश्वर खनालको समिति खारेज गर्न २० संघ संस्थाको अल्टिमेटम

५ भदौ, काठमाडौं । चुरे संरक्षण संयुक्त संघर्ष समितिले चूरे वातावरण संरक्षण क्षेत्र खारेजी र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति विघटनको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

Chure Protestसामुदायिक वन उपभोक्ता महासंघ नेपाल लगायत वनका क्षेत्रमा कार्यरत २० संस्था सम्मिलित संयुक्त संघर्ष समितिले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा वनमन्त्रीका कार्यक्रम वहिस्कार गर्ने र चुरे क्षेत्रमा वृक्षारोपण गर्ने रहेको छ ।

भदौ मसान्तभित्र माग पूरा नभए मन्त्री तथा भूसंरक्षण मन्त्री सहभागी कार्यक्रम बहिस्कार गर्ने, मन्त्रीलाई कालो झण्डा देखाउने र विरोधमा तालाबन्दी गर्ने कार्यक्रम रहेका छन् ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक तथा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्कीले जनता संरक्षण विरोधी होइनन् भन्ने सन्देश दिन चुरे क्षेत्रका ३६ जिल्लाका साथै काठमाडौं लगायतका स्थानमा वृक्षारोपण गरिने बताए ।

कार्यक्रममा जिविस महासंघका प्रबक्ता कृष्णप्रसाद जैसीले सरकारले अन्तर्राष्ट्रिय स्तरमा स्थानीयको अधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय स्तरमा जनताकोअधिकार संरक्षण गर्न सरकारले चासो नदेखाएको आरोप लवगाए ।

गाविस राष्ट्रिय महासंघका महासचिव भीम ढुंगानाले राष्ट्रपतिको  नाम जोडेर चुरे क्षेत्रको संरक्षणका लागि ल्याइएको कार्यक्रमले राष्ट्रपतिलाई बिवादमा तानेको दावी गरे ।
नगरपालिका महासंघका उपाध्यक्ष अशोक योञ्जनले सरकारले  स्थानीय जनतासंग सल्लाहनै नगरी यो कार्यक्रम ल्याएर स्थानीयको अधिकार कटौति गरेको आरोप लगाए ।

सरकारले पूर्व सचिव रामेश्वर खनाललाई प्रमुख बनाएर चुरे वातावरण क्षेत्र संरक्षण आयोजना गठन गरेपछि सामुदायिक वन क्षेत्रका संस्थाहरु आन्दोलनमा छन् । उनीहरुले संरक्षणका नाममा स्थानीयको अधिकार खोस्ने नीति सरकारले लिएको र जनताले संरक्षण गरेका जंगलमा आँखा गाडेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment