Comments Add Comment

सुनसरीको इटहरीबाट साउनमा पन्ध्र महिला बेपत्ता

५ भदौ, इटहरी । सुनसरी जिल्लाको इटहरी नगरपालिकाबाट एक महिनाभित्र  १५ जना महिला बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीको महिला सेलमा कार्यरत यशोदा कार्कीले साउन महिनाभर १५ जना महिला बेपत्ता भएको उजुरी परेको बताइन् । बेपत्ता हुनेमा १५ देखि ३५ वर्षका महिला बढी रहेको उनले बताइन् । हराएका पन्ध्रमध्ये प्रहरीको सक्रियतामा चारजना फेला परेका बताइएको छ ।

विशेषगरी पति वैदेशिक रोजगारमा गएका बेला परपुरुषसाग सल्किने महिला बेपत्ता हुने गरेको तथ्य फेला पर्ने गरेको निष्कर्ष निकाल्दै प्रहरीले यसको रोकथामका लागि सामाजिक सचेतना अभियानको खााचो रहेको बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment