Comments Add Comment

सप्तरीमा बलात्कारीलाई पाँच वर्ष कैद

५ भदौ, राजविराज । सप्तरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा मधुपट्टी गाविस-३ का देवकुमार सदालाई अदालतले बिहीबार पाँच वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आरोपितलाई पाँच वर्ष कैद र पीडितलाई आरोपितबाट पाँच  हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताए ।

न्यायाधीश दाहालको आदेशमा गत साउन ८ गते रु ३५ हजार धरौटी राखेर तारेखमा रिहा भएका आरोपित फैसलापछि फरार छन् । घरमा एक्लै सुतिरहेकी ती २० वर्षीया महिलालाई मार्ने धम्की दिँदै २६ वर्षीय सदाले गत असार १० गते राति बलात्कार गरेका थिए ।

पीडितले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत असार १३ गते स्वास्थ्य परीक्षण गराएकी थिइन् । बलात्कारको घटनामा सार्वजनिक मुद्दामा परिणत गरेको समाचार सञ्चार माध्यममा आएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध असार १७ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment