Comments Add Comment

थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री

५ भदौ, बैंकक । थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ ।

मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक ‘कु’ पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्त गर्दै थाइल्यान्डको २९औँ प्रधानमन्त्री घोषणा गरेको छ ।

सैनिक सरकारद्वारा मनोनयन गरिएका सबै १९४ जना व्यवस्थापिका सभासद्हरुमध्ये १९१ जनाले उहाँको समर्थनमा प्रधानमन्त्री पदका लागि उहाँ एकमात्र उम्मेदवारको रुपमा खडा भएका थिए । ।

साठी वर्षीया प्रायुथले अर्को महिनादेखि थाई सैनिक सेवाबाट अवकाश प्राप्त गर्दै हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँलाई निरन्तरता दिने मनसायले उनलाई नै प्रधानमन्त्री पदको एकल उम्मेदवार बनाइएको बताइन्छ ।

निर्वाचित सरकारलाई गत मे २२ का दिन सैनिक ‘कु’द्वारा अपदस्थ गरेपछि प्रायुथले नै ‘डि फ्याक्टो’ प्रधानमन्त्रीको रुपमा सत्ता चलाउँदै आएका थिए ।

थाई प्रधानमन्त्रीको यस मनोनयनलाई नरेश भूमिवल अदुल्यादेजबाट एक हप्ताभित्र औपचारिक समर्थन प्राप्त हुनुपर्ने छ । त्यस पश्चात् मात्र ओचाले मन्त्रिमण्डल गठन गर्न पाउनेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment