Comments Add Comment

प्रधानमन्त्रीले भने- क्रिकेट खेलाडीको विजयबाट प्रेरणा लिनुपर्छ

५ भदौ, काठमाडौं । एसीसी-१६ प्रिमियर क्रिकेटको उपाधि विजेता नेपाली टोलीलाई प्रधानमन्त्री सुशील कोइरालाले बधाइ दिएका छन् ।

Pm-susil-koiralaनेपाली टोलीले मुलुकको प्रतिष्ठा बढाएको भन्दै कोइरालाले भनेका छन्-‘म यस सुखद क्षणमा क्रिकेट प्रतियोगितामा विजयी बनी नेपाल र नेपालीको गौरव अभिबृद्धि गराउनु भएकोमा नेपाली टिमका कप्तान,टिमका सबै खेलाडी र प्रशिक्षकको खेलप्रतिको समर्पणको उच्च कदर गर्न चाहान्छु ।’

कोइरालाले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समयमा नेपाली क्रिकेट टिमले प्राप्त गरेको सफलताले आफूलाई निकै उत्साही र रोमाञ्चित बनाएको बताएका छन् । उनले भनेका छन्-‘म यस अवसरमा क्रिकेट खेलमा समर्पित सम्पूर्ण खेलाडीहरुलाई यो उत्साह अझ बढाएर नेपालको प्रतिष्ठा झन उचो बनाउन पनि हार्दिक आग्रह गर्दछु ।’

प्रधानमन्त्री कोइरालाले नेपालमा लोकपि्रय खेलको रुपमा विकसित भइरहेको क्रिकेट खेलको भविष्य आफूले निकै उज्ज्वल देखेको बताएइका छन् ।

उनले भनेका छन्-‘नेपाली क्रिकेट खेलाडीहरुले यस्तो अपराजित यात्रा र बिजयबाट ठूलो प्रेरणा लिनु पर्दछ । आउँदा हरेक अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी टिममाथि नेपाली टिमले विजय पाउन सकोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment