Comments Add Comment

एमाले नेता नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल र भारतीय राजदूत रञ्जित रे बीच भेटवार्ता भएको छ ।
नेपालको निवास कोटेश्वरमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र नेपाल-भारत सम्बन्धबारे कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकारात्मक भएको भन्दै नेपाल र रेले भ्रमणको क्रममा देखिएको उत्साहलाई स्थायी बनाउन सम्बन्धित विषयहरुमा व्यवस्थित योजना सहित कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी गरेका छन् ।

नेपालको हित एवम् द्विपक्षीय सम्बन्धलाई समेत ध्यानमा राख्दै जलस्रोत तथा उर्जा सम्बन्धी आवश्यक तयारीका सहित आगामी भ्रमणलाई थप उपलब्धिमूलक बनाउने विषयमा पनि कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

भेटमा भारतीय राजदूत रेले दलहरुबीच संविधान निर्माणमा भइरहेका सहमति प्रयास र समयमै संविधान जारी हुने वा नहुने सम्भावनाबारे समेत जिज्ञासा राखेका छन् ।

जवाफमा एमाले नेता नेपालले सहमति प्रयास जारी रहेको र समयमै संविधान जारी गर्न आफुुहरु प्रयत्नरत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment