Comments Add Comment

भारतीय अभिनेता अनुपम खेर काठमाडौंमा

anupam kher५ भदौ, काठमाडौं । बलिउडका चर्चित अभिनेता अनुपम खेर बिहीबार काठमाडौं आइपुगेका छन् । अभिनेता, निर्माता र निर्देशक समेत रहेका उनी काठमाडौंको शान्तिनगरस्थित कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका छोराछोरीलाई सहयोग जुटाउन गरिने च्यारिटी शोमा सहभागी हुन काठमाडौं आएका हुन् ।

उनले काठमाडौं ओर्लनेबित्तिकै नेपालमा आउन पाउँदा आफू खुसी भएको ट्वीट गरेका छन् । उनले काठमाडौं ओर्लनेबित्तिकै नेपालमा आउन पाउँदा आफू खुसी भएको ट्वीट गरेका छन् । काठमाडौं आउनेवित्तिकै अनुपमले शान्तिनगरस्थित कोशेली फाउन्डेसनमा पुगेर त्यहाँ राखिएका बालबालिकालाई भेटेका छन् । ट्वीटमा सुकुम्बासी र मजदुरका बालबालिकासहितको फोटो पोष्ट गरेर कोसेली फाउन्डेसनले गरेको संरक्षणलाई राम्रो काम भन्दै  त्यसलाई जारी राख्न पनि आग्रह गरेका छन् ।

नेपाली सेनाको मूख्यालय भद्रकालीस्थित अफिसर क्लबमा शुक्रबार उनकै जीवनीमा आधारित नाटक कुछ भि हो सकता हे का मञ्चन गर्ने कार्यक्रम छ । कुछ भि हो सकता हे नाममा हाल अनुपमले कलर्स च्यानलमा पनि एउटा शो सञ्चालन गर्दै आएका छन् ।

आफ्नो नाटकको च्यारिटी शोका क्रममा अनुपमनले आफ्नो जीवनका अनुभव पनि सुनाउने कार्यक्रम छ । काठमाडौंमा बस्ने क्रममा अनुपमले पशुपति नाथको पनि दर्शन गर्ने भएका छन् । उनका थप कार्यक्रमबारे हालसम्म खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment