Comments Add Comment

नेप्सेमा उत्तार चढाव, बजार बन्द हुँदा साढे दुई अंकले बढ्यो

५ भदौ काठमाडौं । बिहीबार नेप्से परिसूचकमा व्यापक उत्तारचढाब भएको छ । विहानी सत्रमा उल्लेख्यरुपले घटेको नेप्से बजार बन्द हुँदा २.४२ अंकले बढेर ९९८.१३ अंकमा पुगेको छ । दिउसो साढे १२ बजे नेप्से २३ अंकले घटेको थियो ।
वाणिज्य बैंक समुहको सुचकमा १८ अंकले बढेपछि नेप्से परिसूचकलाई टेवा मिलेको हो । बिहीबारको कारोबारमा वित्त कम्पनी समुहको २.८७ अंक र उत्पादनमुलक समुहको सुचक २.१८ अंकले बढ्यो ।

जलविद्युत, बीमा र होटल समुहका सूचक उच्च अंकले घटेपनि विकास बैंक र अन्य समुहका सूचक भने झिनो अंकले घटेका छन् । विहीबार जलविद्युत समुहको सूचक १३९.२ अंकले, बीमा समुहको सूचक १११.१५ अंकले र होटल समुहको सूचक ६३.११ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यसैगरी एक्सचेञ्जका अनुसार उत्पादनमुलक समुहको सूचक २.३५ अंकले र विकास बैंक समुहको सूचक ०.०२ अंकले घटेको छ । 

यो दिन १ सय ३३ कम्पनीका १० लाख ७४ हजार कित्ता सेयर ६३ करोड ५० लाख रुपैयाँमा किनबेच भयो । जसमध्ये वाणिज्य बैंक समुहको मात्रै २९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी कम्पनीतर्फ चिलिमे जलविद्युत कम्पनीको १३ करोड ३६ लाख, कुमारी बैंकको ४ करोड ३५ लाख, नेपाल बैंकको २ करोड ९१ ल्ाख, अरुणभ्याली हाइड्रोपावरको २ करोड ७४ लाख, ग्लोव आइएमइ बैंकको २ करोड ६६ लाख, नेसनल लाइफ इनस्योरेन्सको २ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको १ करोड ९१ लाख, एनसीसी बैंकको १ करोड ७५ लाख, एभरेष्ट बैंकको १ करोड ७५ लाख र एनबी बैंकको १ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा कुमारी बैंक, लुम्बीनी बैंक, एनसीसी बैंक, सिभिल बैंक र एसबीआइ बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यसैगरी एसियन लाइफ इनस्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र प्राइम लाईफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment