Comments Add Comment

करोड खर्चेको पानी ट्याङ्की बनिनसक्दै चुहियो

५ भदौ, महोत्तरी । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीले करिब एक करोड खर्चेर बनाएको पानीट्याङ्की सञ्चालनमै नल्याई चुहिएको छ ।

महोतरीको मटिहानीमा ०६५ चैत १२ गतेदेखि निर्माण सुरु गरिएको ट्याङ्कीबाट पानी चुहिएको हो । जोशी कुन्सालिङ् पोखरेल जेभी काठमाडौंले ०६७ असार १७ मा बनाइसक्नुपर्ने सो ट्याङ्की समयमै निर्माण नहुादा डिभिजन कार्यालयले तीन पटक म्याद थपेको थियो ।

बनाइसकेपछि पानी परीक्षणका लागि ट्याङ्कीमा राख्दा ठाउाठाउाबाट चुहिादा स्थानीयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरी र केन्द्रीय कार्यालयमा उजुरी हालेका थिए । छानविन समितिले अध्ययनपछि ठेकेदारलाई रकम निकासा बन्द गरेको थियो । जोशी कुन्सालिङ जेभीले ५७ लाख ३५ हजार १ सय २८ मा ठेक्का लिएको थियो ।

ट्याङ्कीबाट पानी चुहिनथालेपछि कारबाहीस्वरुप ठेकेदारलाई ११ लाख ८४ हजार २९ रुपैयाा भुक्तानी दिन रोक्का गरिएको छ । कार्यालयले ठेकेदारलाई ४५ लाख ५१ हजार ९९ भुक्तानी दिइसकेको छ । दुई लाख २५ हजार लिटर क्षमताको उक्त ट्याङ्की सतहबाट पानी चुहिएपछि समस्या भएको छ । चुहिन थालेपछि ठेकेदारलाई कारबाही गरेको सरसफाइ डिभिजनल कार्यालयका प्रमुख रामबाबु चौधरीले पानी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment