Comments Add Comment

बाढी पीडित एथलेटिक्स खेलाडी केशरीलाई सहयोग

Keshari Help५ भदौ, काठमाडौं । बाढीले घरसहित सबै सम्पत्ति बगाएर बिलखबन्दमा परेकी एथलेटिक्स खेलाडी केशरी चौधरीलाई सञ्जय पण्डित फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
बर्दिया जोगीपुर गाविस निवासी चौधरीको घरमा केही दिन पसेको बाढीले घरसहित सबै सम्पत्ति बगाएको थियो । फाउन्डेसनका संस्थापक सञ्जय पण्डितले चौधरीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

खेलकुद मन्त्रालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा केशरीलाई मन्त्रालयबाट पनि सहयोग गर्ने खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बताए ।  केशरी अहिले एसियन खेलकुदका लागि बन्द प्रशिक्षणमा छिन् । यता छोरी प्रशिक्षणमा व्यस्त रहेका बेला उनको परिवार भने सर्वस्व गुमेर सडकमा पाल राखेर बस्न बाध्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment