Comments Add Comment

वागमतीमा डुंगा पल्टिँदा डुबेका ४७ को उद्दार

गौतम श्रेष्ठ
५ भदौ, रौतहट । रौतहटको पिपर रजवडा गाविसस्थित वागमती नदीमा बिहीबार साँझ डुंगा पल्टँदा नदीमा डुबेका अधिकांशको स्थानीयले उद्दार गरेका छन् । दुर्इ जनाको अवस्था अज्ञात छ ।

सर्लाहीको बैरियाबाट रौतहट पिपर रजवडातर्फ आइरहेको डुंगा बिहीबार साँझ ५ बजेर ४० मिनेटमा पल्टिएको थियो । डुंगा पल्टनेवित्तिकै रबर ट्यूब सहित उद्दारमा खटेका स्थानीयले नदीमा डुबेका अधिकांश यात्रुको उद्दार गर्न सफल भएका छन् ।

डुंगा दुर्घटनामा परी बतहु सहनीको २५ वर्षीया श्रीमती र सुब्बा पण्डितको ३५ वर्षीया श्रीमती हराइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षातका कारण वागमतीमा पानीको वहाब बढेको छ । नदीमा आएको भेलले उठेको छालले डुंगा पल्टेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

वागमतीमा डुंगा पल्टेपछि घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी उमेश रञ्जितकारले दुघर्टनास्थलमा प्रहरी पुगिसकेको बताए । एसपी रञ्जितकारले बालबालिका पनि डुंगामा चढेकाले हराउन सक्ने अाशंकामा खोजीकार्य तीब्र पारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment