Comments Add Comment

स्तनपानले घटाउँछ डिप्रेसन

breastहजारौँ आमाहरुमा गरिएको पछिल्लो अध्ययनले स्तनपानले महिलाहरुमा डिप्रेसनको खतरा कम गर्ने देखाएको छ । बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले १४ हजार जना नयाँ आमाहरुमा गरेको अध्ययनले बच्चालाई पर्याप्त स्तनपान गराएमा महिलाहरुलाई सुत्केरी अवस्थामा हुने डिप्रेसनको खतरा कम हुने देखाएको हो ।
यद्यपि बच्चालाई स्तनपान गराउने योजना बनाएका तर स्तनपान गराउन असमर्थ भएका महिलामा भने डिप्रेसनको जोखिम निकै उच्च मात्रामा रहेको समेत अध्ययनले देखाएको छ ।
मातृ तथा शिशु स्वास्थ्य जर्नलमा छापिएको शोधमा शोधकर्ताहरुले स्तनपान गराउन असमर्थ महिलाहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले बच्चाका लागि आमाको दुधभन्दा ठूलो पौष्टिक तत्व अरु केही नहुने भन्दै ६ महिनासम्म बच्चालाई अनिवार्य स्तनपान गराउन सुझाव दिएको छ ।
शोधकर्ताहरुका अनुसार बच्चाको जन्मपछि महिलाहरुमा डिप्रेसनको जोखिम उच्च हुन्छ । हरेक दश जनामा एक जना सुत्केरी महिलामा डिप्रेसनको समस्या उत्पन्न हुने देखिएको छ । तर यदि बच्चालाई पर्याप्त स्तनपान गराएमा यस्तो डिप्रेसन हुने जोखिम ५० प्रतिशतले घट्छ । सुत्केरी भएको एक महिनासम्म स्तनपानले महिलामा पार्ने सकारात्मक प्रभाव उच्च दरमा बढ्दै जान्छ र यसले डिप्रेसनको जोखिम कम गराउने शोधकर्ताहरु बताउँछन् । तर स्तनपानले दीर्घकालसम्म महिलालाई डिप्रेसनबाट बचाउने तथ्य भने फेला पार्न सकिएको छैन ।
सुत्केरीम महिलामा स्तनपानका बेला उत्पादन हुने हर्मोनका कारण रिल्याक्स महसुस हुने र डिप्रेसन कम हुने विज्ञहरुको ठहर छ । साथै स्तनपानका कारण महिलाहरुले आफ्नै साँच्चीकै आमा तथा सक्षम महिला बन्न सकेको अनुभुति गर्ने भएकाले पनि स्तनपानले उनीहरुलाई सन्तुष्टि प्रदान गर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment