Comments Add Comment

प्रधानमन्त्री नसुध्रिए गठबन्धन तोडिन्छ : पोखरेल

५ भदौ, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री सुशील कोइराला नसुध्रिए एआफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । अप्ठयारोका बाबजुत पनि माघ ८ गते संविधान निर्माण गर्ने गरी काग्रेससँग सहकार्य गरिरहेको उनको भनाइ छ ।

shankar pokhrelसरकार निर्माणको बेला सहमतिमा हस्ताक्षर गरेर कांग्रेस सभापति कोइरालाले अहिले बखेडा झिकेको भन्दै उनले यसले एमालेभित्र सरकारमा रहने कि नरहने भन्ने विषयमा बहस सुरु भइसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता पोखरेलले भने-यदि प्रधानमन्त्री कोइरालाले ७ बुँदे सम्झौता कार्यन्वयन गर्दैनन् भने एमाले सरकारबाट बाहिरिन्छ । राष्ट्रपति र उपराष्ट्रपति संविधान सभाबाट अनुमोदन हुनै पर्छ त्यसमा एमाले प्रष्ट छ ।’

संविधान निर्माणको दायित्व बोध गरेर मात्रै काग्रेससँगको सहकार्य जारी राखेको भन्दै एमाले नेता पोखरेलले अन्यथा एमाले आफै सरकार निर्माण गर्न वा प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्यायले राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम पेश गरिसकेकोले संसदले चिनेको र सर्वोच्च अदालतले समेत क्लिन चिट दिइसकेकोले विवाद सृजना नगर्न आग्रह गरे ।

उनले भदौ मसान्तसम्म संविधानको पहिलो मस्यौदा जारी गर्ने र त्यही मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति निर्धारण गरेर संविधान जारी हुने वितिक्कै परिवर्तन गर्ने गरी सहमती खोज्ने बताए ।

एमाओवादी नेता टोपबहादुर रायमाझीले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन बेमौसमी बाजा भएको भन्दै संसदले चिनिसकेको बताए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले काँग्रेस र एमाले गठबन्धन सरकारको सस्कृतिको चरित्र विपरित लुटमा लागेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment