Comments Add Comment

भदौभित्र शिक्षकको अर्को विज्ञापन

५ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार यही भदौ महिनाभित्र विभिन्न तहका शिक्षकको विज्ञापन गर्ने गरी तयारी गरेको छ ।

लामो समयपछि गत वर्ष १३ हजार ५९ जना शिक्षकको विज्ञापन गरी लिखित तथा अन्तर्वार्ता परीक्षासमेतका आधारमा १२ हजार ७४६ जना शिक्षकको सिफारिस गरिसकेको आयोगले पुनः अर्को विज्ञापन गर्ने गरी तयारी सुरु गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित जिल्लामा सिफारिस गरिएका शिक्षकको नियुक्ति प्रक्रिया अघि बढिरहेकामा अधिकांश जिल्लामा मावि तथा निमावि तहका शिक्षकको नियुक्ति प्रक्रिया भइसकेको छ भने प्रावि तहका शिक्षकको नियुक्तिको क्रम चलिरहेको छ । आयोगको सिफारिसअनुसार स्याङ्जा, हुम्ला, डोल्पा, ललितपुरलगायत जिल्लामा नियुक्ति प्रक्रिया सम्पन्न भइसकेको जानकारी आएको र अन्य जिल्लामा सिफारिसअनुसार नियुक्तिको प्रक्रिया अघि बढिरहेको उनले बताए ।

आयोगले अर्को विज्ञापनका लागि जिल्लाबाट विवरण सङ्कलन गरिरहेको जानकारी गराउँदै प्रवक्ता भट्टराईले लगभग ४० भन्दा बढी जिल्लाको विवरण आइसकेको र अन्य जिल्लाको विवरण आउने क्रमम रहेको बताए । सम्पूर्ण जिल्लाबाट विवरण आइसकेकपछि भदौ मसान्तभित्र शिक्षकको अर्को विज्ञापन गर्ने तयारीमा आयोग लागेको छ ।

आयोगले गत वर्ष लिइएको अध्यापन अनुमतिपत्रको परीक्षाफल तीन दिनअघि प्रकाशन गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment