Comments Add Comment

डि मारियाले रियल मड्रिड छाड्ने

५ भदौ, काठमाडौं । अर्जेन्टिनी विंगर एन्जल डि मारियाले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् ।

उनले नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेको प्रशिक्षक कार्लो एन्सेलोटीले बताए । ‘डि मारियाले क्लब छाड्न अनुमति मागेका छन्-रियल मडि्रडका प्रशिक्षक एन्सेलोटीले भने ।

इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँगै फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले २६ वर्षीय डि मारियालाई भित्र्याउने इच्छा देखाएको छ । २०१० मा बेन्फिकाबाट रियल गएका उनी क्लबका महत्वपूर्ण खेलाडी हुन् ।

तर, स्पेनिस जाइन्ट मड्रिडले जेम्स रोडि्रग्वेज र टोनी क्रुजलाई अनुवन्धित गरेपछि डि मारिया पहिरो रोजाइमा नपर्ने खतरा थियो ।
उनले चोटका कारण विश्वकपको फाइनल खेल गुमाएका थिए, जुन खेलमा अर्जेन्टिना जर्मनीसँग १-० ले पराजित हुँदै विश्व च्याम्पियन बन्न चुक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment