Comments Add Comment

बाढीबाट विस्थापित बिरामी पर्न थाले, ज्वरो आउने तथा झाडापखाला लाग्ने धेरै

Dang Flood Damage house

६ भदौ, नेपालगञ्ज । गत वर्ष बाँकेमा आएको बाढीका कारण विस्थापित सर्वसाधारण उपचारको अभावमा धमाधम विरामी पर्न थालेकिा छन् । बाढीपीडितहरमा ज्वरो आउने, वाकवाकी लाग्ने, आउँ पर्ने, पखाला लाग्ने, छालामा इन्फेक्सन हुने, आँखा पाक्ने जस्ता समस्या देखिन थालेका हुन् ।

बाँके उढरापुर-२ को दसविघाकी जयकुमारी परियारले आफ्ना चार वर्षे, दुई वर्षे र काखमा रहेको चार महिनो बच्चालाई चिसोले गर्दा ज्वरो आएको बताईन् । बाढीले घर बगाएपछि आश्रय लिएको विद्यालयको चिसो सिमेन्टको भुँईमा सुत्दा आफू पनि विरामी परेको र साथमा रहेको सवै बच्चा विरामी परेकाले औषधीका लागि स्वास्थ्य शिविरमा आएको उनको भनाई छ, राजधानी दैनिकमा खबर छ ।

‘बाढीले सवै लग्यो, साथमा रहेको बालबच्चा पनि चिसोले गर्दा विरामी पर्न थाले, हेल्थपोष्टबाट औषधि बाँडन आएको थाहा पाएकी,’ तीनै बच्चा च्याप्दै उनले भनिन्, ‘के गर्नु ? न त बास नै बाँकी राख्यो न अब शरिर नै उभिने अवस्थामा छ । घरमा श्रीमान छैनन् । कमाउन गएका उनको अत्तोपत्तो छैन । मै ढलिगएँ भने यी बालबच्चाको झनै विजोग हुने भो ।’

उनले विद्यालयमा खानेपानी तथा शौचालयको अवस्था उचित नभउको कारण पनि आफू जस्ता बाढीपीडित धमाधम विरामी पर्न थालेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment